काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री स्रोतका अनुसार संवैधानिक परिषदको बैठक आज साँझ ५:३० बजे बेलाईएको छ ।
बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यादेश फिर्ता गर्ने सहमति गरेका ओलीले सो सहमतिको विपरित अध्यादेश फिर्ता नहुदै संबैधानिक परिषदको बैठक बोलाएका हुन् । नेकपाको स्थायी कमिटी बैठकले पनि अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।
