काठमाडौं – काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका ७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५ लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
