मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आज आकस्मिक बैठक बोलाएका थिए ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो सिफारिस गरेको हो ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका विभिन्न नेताहरुलाई भेट गरेका थिए । पछिल्लो समय नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली उनकै पार्टीभित्र अल्पमतमा परेका थिए ।
