काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक भनेका छन्।
देउवाले निर्णयलाई अधिनायकवाद उन्मुख भएको बताउँदै सरकारको कदमप्रती गम्भीर असहमति रहेको बताएका छन्। ट्वीटरमा आफ्नो धारणा राख्दै देउवाले लेखेका छन्,’ संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न।’
साथै देउवाले कदमको राजनीतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने बताएका छन्।
सरकारले संसद विघटन गरेपछि कांग्रेसले आज १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको छ।
प्रतिनिसभा #विघटनको सिफारिस #असंवैधानिक छ।
अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर #असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न ।
यो कदमको राजनैतिक #प्रतिवाद गर्न नेपाली #कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 20, 2020
