बामदेव गौतमलाई गृहमन्त्री बनाउने ओलीको तयारी

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको गृहमन्त्री बामदेव गौतमलाई बनाउने तयारी गरेका छन् । उनले त्यसका लागि गौतमलाई केही दिन अघि नै संकेत गरिसकेको बुझिएको छ ।

गौतमले प्रधानमन्त्री ओलीले संसद बिघटन गर्न लागेको जानकारी समेत पाइसकेका थिए । उनी शनिबार ओली र प्रचण्डबीच सहमतिका लागि अन्तिम प्रयासमा समेत थिए । कुरा नमिलेपछि उनी कुनैपनि गुटमा छैन भनी उठेका थिए ।

गौतमले प्रधानमन्त्री ओलीको कदमलाई पनि घुमाउरो ढंगले समर्थन गरेका छन् । उनले समर्थन र विरोध केही नभएको भन्दै पर्ख र हेरमा रहेको सन्देश सचिवालयका विश्वमणि सुवेदीमार्फत् दिएका छन् । गौतमलाई भविष्यमा प्रधानमन्त्री बनाउने आश्वासन पनि ओलीले दिइसकेका छन् । यसअघि प्रतिनिधिसभाको चुनाव हारेकाले पनि गौतम यसको बिघटनप्रति दुःखित देखिएका छैनन् ।

दुईपटक गृहमन्त्री भएका र एकपटक गृहमन्त्री हुँदा स्थानीय निकायका चुनावमा तत्कालिन नेकपा एमालेलाई ठुलो सफलता दिलाएका गौतमलाई ओलीले फेरि साथमा लिएका छन् । उनलाई सरकारमा ल्याएर ओलीले आफ्नो प्रभाव अझ बलियो बनाउन खोजेको बुझिएको छ ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको