नेकपा विभाजनको तयारी, वामदेव कता लाग्लान् ?

काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनपछि दुईपटक प्रतिक्रिया दिए । पहिलो प्रतिक्रिया समर्थन र विरोध दुवै नरहेको थियो । त्यसको केही घण्टापछि नै उनको अर्को वक्तव्य आयो, जसमा प्रधानमन्त्रीको कदमको विरोध गरिएको छ ।

प्रधानमन्त्रीको कदमको विरोध गरे पनि गौतम प्रचण्डको अध्यक्षतामा बसेको प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा भने सहभागी भएनन् । गौतम सहभागी नभए पनि निर्णयमा समर्थन रहेको दावी स्थायी कमिटी सदस्य बेदुराम भुसालको छ ।

गौतमको अनुपस्थिति मात्र होइन, प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा गौतमपत्नी तुलसी थापाको हस्ताक्षर छैन । उनलाई हस्ताक्षर गर्न आग्रह गरिए पनि गौतमले रोकेको र गौतम निकटका अन्य केही सांसदले पनि हस्ताक्षर नगरेको बताइएको छ ।

यसले गौतम अझै पनि नेकपा विभाजनको चरणमा कता लाग्छन् भन्ने प्रश्न खडा गरेको छ । गौतमले पार्टी फुट्न नदिन अन्तिमसम्म प्रयत्न गरिरहेका थिए ।

प्रधानमन्त्री ओलीसँग गौतमले आइतबार बिहान पनि कुरा गरेका थिए । उनलाई ओलीले आफूपछि प्रधानमन्त्री बनाउने प्रस्ताव यसअघिको स्थायी कमिटी बैठकमै राखेका थिए ।

गौतम दुवै पक्षका बैठकमा सहभागी नहुनुलाई पार्टी विभाजनमा उनी कता लाग्छन् ? भन्ने कोणबाट पनि हेरिएको छ । यद्यपि उनी अन्तमा प्रचण्ड–माधव पक्षमै रहने त्यस पक्षका नेताहरुको भनाइ छ ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको