संसद विघटनपछि कांग्रेस आक्रमक, बोलायो सर्वदलीय बैठक

काठमाडौं – प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन् ।

संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थामा अब कस्तो रणनीति बनाउने भन्नेबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल हुनेछ ।

बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए । आइतबार नै बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

बैठकमा संसद विघटनकाविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको थियो । आजको बैठकमा सरकारले संसद विघटन गर्दागर्दै गरेका संवैधानिक निकायहरुको नियुक्तिलगायतका विषयमासमेत छलफल गरिने बुुझिएको छ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको