काठमाडौं – तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७६ औं जन्मजयन्ती आज उनको सम्झना गरि मनाईंदैछ । वीरेन्द्रको जन्म विसं. २००२ सालमा भएको थियो ।

विसंं २०२८ सालमा उनी नेपालका राजा भएका थिए । वीरेन्द्रको २०५८ साल जेठ १९ मा राजदरवार हत्याकाण्डमा निधन भएको थियो ।

पारिवारिक जमघटको समयमा जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट उनको निधन भएको हो । सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको छ ।

२०१७ सालमा राजा महेन्द्रले स्थापना गरेको पञ्चायती शासन विरुद्ध आन्दोलन चर्किंदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका थिए । उनले कांग्रेस र वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफूलाई संबैधानिक राजाको रुपमा सिमिति राखेका थिए ।

उनलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ । विक्रम सम्बत् २००२ पुस १४ गते तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको पहिलो पुत्रका रुपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ माघमा राजगद्दी सम्हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here