चिनीको उत्तम विकल्प सख्खर, यसरी खाए फाइदै फाइदा

काठमाडौं – उखुको रसलाई पकाएर अनि जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा क्षणिक शक्ति प्राप्त हुने मात्र नभएर यसलाई औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्छ । चिनी धेरै रोगमा बन्देज गरिएको हुनाले त्यसको विकल्प खोज्न निकै आवश्यक हुन्छ । सख्खर, चिनीको उत्तम विकल्प हो । यसको सेवनले शरीरमा विभिन्न प्रकारका फाइदा हुने भएर आयुर्वेदमा विभिन्न उपचार पद्धतीमा यसको प्रयोग भएको पाइन्छ ।

सख्खरलाई यसरी प्रयोग गर्नाले यसका लाभ उठाउन सकिन्छ :

  • कम्मर दुख्ने समस्या भएमा एक पाउ ज्वानो र एक पाउ सखरको धुलो मिसाएर औषधि तयार पारेर हरेक दिन बिहान–बेलुका तातोपानीसँग एक–एक चम्चा सेवन गर्नाले राहत मिल्छ ।
  •  कफको समस्यामा दुई दाना फुराएको मरिच पिनेर तयार गरिएको मसिनो पाउडरलाई एक चम्चा सखरमा मुछेर स–साना गोली तयार गरेर सेवन गर्न सकिन्छ ।
  •  केहि दाना जिरालाई पानीमा उमालेर उक्त पानीमा सख्खर मिसाएर चिया जसरी खानाले पुरानो ज्वरो निको हुन्छ ।
  • आधा चम्चा भुटेको रायोको धुलो र आधा चम्चा सख्खरको मिश्रणलाई एक गिलास मनतातो पानीसँग सेवन गर्नाले पेट दुखेको समस्यामा आराम दिलाउँछ ।
  •  घाँटी बसेको समस्यालाई निको पार्न आधा–आधा चम्चा ज्वानो र सखरको धुलो मिसाएर पानीमा राम्रोसँग उमालेर पिउन सकिन्छ । यस्तै भुटेको ज्वानो र सखर मिसाएर लड्डु बनाएर खानाल शरीर दुखेको निको हुन्छ ।
  •  पिसाब पोल्ने समस्या तथा जन्डिस जस्तो स्वास्थ्य समस्यामा पनि सानो टुक्रा सखर पानीमा मिसाएर सेवन गर्दा औषधिको काम गर्ने गर्छ ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको