यसरी पकाउनुहोस् स्वादिलो खिचडी, यति धेरै छन् फाइदा

काठमाडौं – खिचडीलाई जाउलो भन्ने भ्रमका कारण धेरैले यसको नाम सुन्नासाथ बिरामीको खाना भनेर नाक खुम्च्याउने गर्छन । तर खिचडी निकै स्वादिलो र पोषणयुक्त खानेकुरा हो । शुद्ध शाकाहारीहरुको लागि योभन्दा राम्रो खाना तपाईंका लागि केही हुनसक्दैन ।

एकातर्फ खिचडी बनाउन निकै सजिलो छ भने अर्काेतर्फ यसमा शरिरलाई आवश्यक पौष्टिक तत्व पाइन्छन । चामल र केही दाललाई मिसाएर बनाइने खिचडी एक सुपाच्य भोजन हो । हुन त खिचडीमा मसलाको प्रयोग शून्य बराबर हुन्छ तर चाहेको खण्डमा स्वादका लागि थोरै मसलाको प्रयोग गर्न सकिन्छ । खिचडीमा दही मिसाएर खाँदा यसको स्वाद दोब्बर हुन जान्छ ।

खिचडी बनाउने तरिका

चामल र मुग दालको खिचडी स्वादिलो हुन्छ । यसमा सब्जी पनि मिसाउन सकिन्छ । चामल र हरियो मटर, मुगको दाललाई आधा घण्टा जति पानीमा भिजाउन राख्नुहोस् । प्रेशर कुकरमा घिउ तताउनुस र त्यसमा थोरै जिरा हालेर कम आँचमा त्यसलाई केहिछिन राख्नुहोस । त्यसमाथि हिंग छर्कनुहोस् ।

त्यसमा ल्वाङ, मरिच र दालचिनीको धुला र बेसार हाल्नुहोस् । अब लसुन अदुवाको पेस्ट हालेर केहि समय भुट्नुहोस् । पानीमा भिजाइएको चामल र हरियो मटरलाई प्रेशर कुकरमा हाल्नुहोस् र त्यसमाथि मुगको दाल हालेर राम्ररी चलाउनुहोस् । पानी हालेर केहि छिन राखेर नुन हाल्नुहोस् । अब प्रेशर कुकरको ढक्कन लगाउने । चार पटक जति सिटी लगाएपछि खिचडी पाक्छ । खिचडीलाई दही र अचारसँग सर्भ गर्नुहोस र परिवारसँग रमाउँदै मिठो स्वाद लिनुहोस् ।

स्वादिलो खिचडी खानाले हुने फाइदा यस प्रकार रहेका छन् :

पोषिलो हुनाले

खिचडी कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्निशियम, पोटाशियम र फस्फोरस जस्ता तत्वले भरपुर हुन्छ । यसमा विभिन्न प्रकराको सागसब्जी मिसाएर यसको पोषक तत्वलाई थप वृद्धि गर्न सकिन्छ ।

पाचनयोग्य

खिचडीमा धेरै मात्रामा मसला र तेल वा घ्यूको प्रयोग हुँदैन जसकारण यो सहजै पचाउन सकिन्छ । पाचन तन्त्र कमजोर भएकाले खिचडीको सेवन गर्नु फाइदाजनक हुन्छ । पाचन प्रणालीमा भार नदिने हुनाले यसले पाचन प्रणाली मजबुद बनाउन पनि सहयोग गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन

खिचडीको नियमित सेवन गर्नाले पित्त र कफको समस्या टाढा भएर जान्छ । यसलेले शरिरलाई ऊर्जा दिने काम साथै रोग प्रतिरक्षा क्षमतालाई बढाउन पनि मद्दत गर्दछ ।

 

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको