यसरी पकाउनुहोस् स्वादिलो खिचडी, यति धेरै छन् फाइदा

काठमाडौं – खिचडीलाई जाउलो भन्ने भ्रमका कारण धेरैले यसको नाम सुन्नासाथ बिरामीको खाना भनेर नाक खुम्च्याउने गर्छन । तर खिचडी निकै स्वादिलो र पोषणयुक्त खानेकुरा हो । शुद्ध शाकाहारीहरुको लागि योभन्दा राम्रो खाना तपाईंका लागि केही हुनसक्दैन ।

एकातर्फ खिचडी बनाउन निकै सजिलो छ भने अर्काेतर्फ यसमा शरिरलाई आवश्यक पौष्टिक तत्व पाइन्छन । चामल र केही दाललाई मिसाएर बनाइने खिचडी एक सुपाच्य भोजन हो । हुन त खिचडीमा मसलाको प्रयोग शून्य बराबर हुन्छ तर चाहेको खण्डमा स्वादका लागि थोरै मसलाको प्रयोग गर्न सकिन्छ । खिचडीमा दही मिसाएर खाँदा यसको स्वाद दोब्बर हुन जान्छ ।

खिचडी बनाउने तरिका

चामल र मुग दालको खिचडी स्वादिलो हुन्छ । यसमा सब्जी पनि मिसाउन सकिन्छ । चामल र हरियो मटर, मुगको दाललाई आधा घण्टा जति पानीमा भिजाउन राख्नुहोस् । प्रेशर कुकरमा घिउ तताउनुस र त्यसमा थोरै जिरा हालेर कम आँचमा त्यसलाई केहिछिन राख्नुहोस । त्यसमाथि हिंग छर्कनुहोस् ।

त्यसमा ल्वाङ, मरिच र दालचिनीको धुला र बेसार हाल्नुहोस् । अब लसुन अदुवाको पेस्ट हालेर केहि समय भुट्नुहोस् । पानीमा भिजाइएको चामल र हरियो मटरलाई प्रेशर कुकरमा हाल्नुहोस् र त्यसमाथि मुगको दाल हालेर राम्ररी चलाउनुहोस् । पानी हालेर केहि छिन राखेर नुन हाल्नुहोस् । अब प्रेशर कुकरको ढक्कन लगाउने । चार पटक जति सिटी लगाएपछि खिचडी पाक्छ । खिचडीलाई दही र अचारसँग सर्भ गर्नुहोस र परिवारसँग रमाउँदै मिठो स्वाद लिनुहोस् ।

स्वादिलो खिचडी खानाले हुने फाइदा यस प्रकार रहेका छन् :

पोषिलो हुनाले

खिचडी कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्निशियम, पोटाशियम र फस्फोरस जस्ता तत्वले भरपुर हुन्छ । यसमा विभिन्न प्रकराको सागसब्जी मिसाएर यसको पोषक तत्वलाई थप वृद्धि गर्न सकिन्छ ।

पाचनयोग्य

खिचडीमा धेरै मात्रामा मसला र तेल वा घ्यूको प्रयोग हुँदैन जसकारण यो सहजै पचाउन सकिन्छ । पाचन तन्त्र कमजोर भएकाले खिचडीको सेवन गर्नु फाइदाजनक हुन्छ । पाचन प्रणालीमा भार नदिने हुनाले यसले पाचन प्रणाली मजबुद बनाउन पनि सहयोग गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन

खिचडीको नियमित सेवन गर्नाले पित्त र कफको समस्या टाढा भएर जान्छ । यसलेले शरिरलाई ऊर्जा दिने काम साथै रोग प्रतिरक्षा क्षमतालाई बढाउन पनि मद्दत गर्दछ ।

 

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको