किन खाने चाकु ? यस्ता छन् फाइदा

काठमाडौं – पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउनुहोस् र उक्त पानी र सखर पाकेसँगै ठूलो खुल््ला भाँडोमा राख्नुहोस । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्नुहोस । त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्नुहोस । यसरी, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्नुहोस र सेवन गर्नुहोस ।

 चाकुका यस्ता छन् फाइदा :

  •  सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ ।
  •  चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ ।
  •  चाकु खाँदा शरीरको रोगसँग लड्नसक्ने क्षमता विकास गर्न मद्दत पु¥याउँछ ।
  •  बालबालिकालाई चिनीको सट्टामा चाकु वा सक्खर दिन सके धेरै राम्रो हुन्छ । जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउन सके उनीहरुलाई चिसोबाट जोगाउन सकिन्छ ।
    ड्ड चाकुको सेवनले पाचन प्रणाली पनि बलियो हुने हुँदा जाडो मौसममा चाकु खाँदा खाना अपच हुने समस्याबाट राहत मिल्छ ।
  •  दैनिक रुपमा चाकुको सेवन गर्नाले शरीरमा उर्जा र शक्ति प्रदान गर्छ ।

तिलका फाइदा

तिललाई हिन्दु धर्ममा पवित्र अन्नको रूपमा लिइन्छ । तिल हामीले खानुका साथै धार्मिक कार्यमा पनि प्रयोग गर्छौ । तिलको प्रयोग दुई तरिकाले विशेष गरि गर्न सकिन्छ । बियालाई खानाको रुपमा वा तेलको रुपमा । अचारमा मिसाएर विशेषगरी तिल खाने गरिन्छ भने तिलको तेलमा खाने कुरा बनाएर पनि सेवन गर्न सकिन्छ । साथै तिलको तेलले मालीस पनि गरिन्छ ।

तिल खानुको फाइदा यस प्रकारका छन् :

  •  तिलमा प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन बी पाइने हुनाले यसले हाम्रो शरीरलाई उर्जा दिन्छ ।
  • तिलमा क्याल्सियम बढी हुने हुनाले गर्भवती महिलाका लागि फाइदाजनक हुन्छ । तिलमा हुने क्याल्सियमले स्तनपान गराउने महिलाहरूको लागिसमेत राम्रो हुन्छ ।
  • तिलमा हुने क्याल्सियम हड्डीलाई बलियो बनाउने हुदाँ हड्डी सम्बन्धी बिरामी भएकाहरुलाई समेत तिलले फाइदा गर्न गर्छ ।
  •  तिलको सेवनले खोकिलाई कम गर्छ ।
  •  तिल ढिला पच्ने भएकाले शरिरमा लामो समयसम्म शक्ति प्रवाह यसले सहयोग गर्छ । जसले शरीरको कमजोरीपना पनि हटाउँन पनि मद्दत गर्छ ।
  •  तिलको सेवन मुख गन्हाउने समस्यामा फाइदाजनक हुन्छ ।
  •  जाडोमा तिलको सेवनले शरीर तथा मस्तिष्क दुवैलाई फाइदा पुर्याउँछ ।

 

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको