काठमाडौं –  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’ सहित केहि नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विप्लव समुूका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ ।

नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here