कञ्चनपुर- भिमदत्त नगरपालिका १८ स्थित ५ नम्बर गल्लीबाट १४ ग्राम ४ सय २० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने बैतडी दशरथ चन्द नगरपालिका ४ घर भएका २५ वर्षीय नरेश दमाईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नरेशलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर बेदकोट नगरपालिका ७ लालपुरस्थित सडकबाट ३ ग्राम २ सय ४० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ बस्ने ३० वर्षीय भीम बहादुर बिष्ट र २७ वर्षीय हिक्मत देउवा रहेका छन् ।

म।१ ह १२४३ नम्बरको अटोलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here