डम्बर निदाल
डडेल्धुरा – संघिय सरकारका सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले चोईटिएर गएको नेकपा आधिकारिक नभएको बताएका छन ।

जिल्ला दौडाहाको क्रममा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा आईपुगेका मन्त्री ठगुन्नाले पार्टी भित्र अस्थिरता देखिने रुपहरु चोईटिएर गएको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मूल पार्टी रहेकोमा प्रचण्ड माधब समूहले नेकपा दाबी गर्न नमिल्ने पत्रकार सम्मेलन मार्फत बताएका हुन ।

नेकपा कानूनी रुपले बिभाजन नभएको भन्दै पार्टी एकताका बेला हस्ताक्षर गरिएका प्रमाण बुझाएर नेतृत्व हत्याउन खोजेको आरोप लगाउँदै जनतालाई छल्नेहरु नै प्रतिगमन भएको जिकिर गरेका थिए ।

दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदश्य समेत रहेका मन्त्री ठगुन्नाले नेपालको मिचिएको भुमि फिर्ता गराएरै छाडने त्यसका लागि आसन्न परराष्ट्र मन्त्रीको भारत भ्रमणबाट ठोस निश्कर्ष निस्कने जानकारी दिएका छन ।

यस्तै पार्टीको बिस्तारित बैठकमा सहभागि हुन आएका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले नेकपा पार्टी भित्रै प्रतिपक्ष जन्मीएपछि संसद विघटन गर्नु पर्ने वाध्यता आएको वताउँनु भएको छ । डडेलधुरा स्थित शुभ लक्ष्मी सहकारीको छैठौ वार्षीक साधारण सभालाई वुधवार सम्वोधन गर्दै पार्टी भित्रै वाट सरकारलाई घेरावन्दीमा राखेपछि प्रधानमन्त्री संसद विघटन गर्न वाध्य हुनु भएको वताउँनु भयो ।

जे कुरामा पनि सरकारको खुट्टा तान्ने काम प्रतिपक्ष दलवाट नभई सत्तापक्षकै एक समुहवाट भयो,जस्का कारण लोकतन्त्र खतरामा पर्न थालेपछि जनताका माझमा जानु पर्ने वाध्यता आयो । नेपाली जनताले विस्वास गरेर दुई तिहाई जनमत दिएपनि आन्तरीक किचलोका कारण अप्रिय कदम चालिएको उनले बताए ।

अहिले हाम्रो सामुन्ने चुनौतिपुर्ण घडी रहेको वताउँदै मन्त्री भट्टले यस्का लागि जनमतवाटै समस्याको समाधान निकाल्नका लागि सरकारले प्रतिनिधि सभा लाई विघटन गरी निर्वाचनमा गएको धारणा राख्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here