काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता विवादलाई लिएर निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिएका छन्। बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको पत्र लेख्दै नेकपा विभाजन नभएको बताएका हुन्।
बिहीबार निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै समूहलाई पत्रचार गरेको थियो। प्रधानमन्त्री ओलीले सोही पत्रको जवाफ दिँदै नेकपा विभाजन नभएको र आफू पहिलो अध्यक्ष र प्रमुख पदाधिकारी भएका कारण आफूले पठाएको विवरण आधिकारिक भएको दावी गरेका हुन्।
उनले पहिलो अध्यक्षको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखीकरण हुने र अन्य कोही कसैले पठाएको सामग्री अभिलेखीकरण नगर्नसमेत आयोगलाई आग्रह गरेका छन्।
‘उनले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताउँदै प्रचण्ड–नेपाल समूहले आफूलाई कारबाही गरी माधवकुमार नेपाललाई अध्यक्ष बनाएको भनि विवरण पेश गर्नुको कुनै औचित्य नभएको बताएका छन्।