डडेल्धुराको भित्रिमधेश चुरेगाउँमा पहिलो पटक खानेपानी पुग्यो

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको भित्रिमधेश चुरेगाउँमा खानेपानी पुगेको छ । खानेपानी पुगे पछि चुरे गाउँका स्थानिय खुशी भएका छन् । भित्रिमधेश जोगबुढाका चुरेगाउँमा पहिलो पटक खानेपानी पुगेको छ । खानेपानी पुगे पछि यहाँका स्थानियले एक किलोमिटर टाढा बाट पिठ्युमा बोकेर पानी खानु पर्ने बाध्यताको अन्त्य भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–३ को चुरेमा रहेका कालापात्थर, कालढुङ्गि, आमथला र सिमल्टा गाउँमा पहिलो पटक खानेपानी पुगेको हो । करिब चार किलोमिटर किलोमटिर टाढा शिर्ष क्षेत्र बाट पाईप द्धारा खानेपानी गाउँमा पुगाईएको छ । मुहानको पानी लाई पाँच सय मिटर तल खोलामा झारी माथि डाँडाको माथी रहेका गाउँमा पानी चढाईएको छ ।
करिब अढाई करोडको लगानीमा सम्पन्न हुदै गरेकोे कालापात्थर कालढुङ्गि आमथला सिमल्टा खानेपानी योजना बाट एक सय १५ घरधुरी लाभान्वित भएका छन । खानेपानी योजनाको अहिले ८० प्रतिशत काम सकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।

दुई वर्ष पहिले देखि सुरु भएको योजनाको काम आउदो फागुनमा सकिने छ । अहिले यि गाउँमा एउटा आरसिसि र एउटा फेरो टंकी बनाईएका छन । दुई वटा टंकि बाट घरघरमा धारा बनाई पानी वितरण गरिएको छ ।

विगतमा बनाईएको फेरो टंकि लाई नयाँ प्रबिधिमा लैजान आरसिसि टंकि बनाईएको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय प्रमुख गोबिन्द प्रसाद देवकोटाले बताए । सुख्खा क्षेत्र भएकाले नयाँ प्रबिधिको प्रयोग गरि गाउँमा पानी पुगाईएको र कतिपय सेक्सनमा एचडि पाईप, कहि जिआई र कहि स्टिल सिनलेस पाईपको प्रयोग गरेका छौ । यसले पानी माथि चढ्न सहयोग गर्छ र दिर्घकालिन पनि हुने उनले बताए ।

यस अघि गाउँवासिले एक किलोमिटर टाढा बाट ग्यालेनमा पानी भरि पिठ्युमा बोकेर घर सम्म ल्याउन गरेका थिए । एक ग्यालेन पानी घर पुगाउन घण्टौ लाग्ने गरेको थियो । यहाँका एक सय १५ घरधुरीमा पानीको साह्रै समस्या थियो । अहिले गाउँमा पानी पुग्यो । अब निकै सहज भएको छ । घरघरमा पानी पाउदा गाउँले सबै हर्षित भएको स्थानिय चन्द्र बहादुर धामिले बताए ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको