कैलालीको जोशीपुर गाउँपालिका-२ मिलनटोलबाट अवैध लागूऔषध करिब २० ग्राम १ सय ४० मिलीग्राम खैरो हेरोईन  सहित सोही ठाउँ बस्ने ३२ वर्षीया अनिता भाटलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अनिताले घरमा अवैध लागूऔषध खैरो हेरोईन लुकाई राखेकी छन् भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको संयुक्त प्रहरीले उनको घर तलासी गर्नेक्रममा ग्याँस चुलो राख्ने र्‍याकमा प्लाष्टिकभित्र लुकाइ राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here