काठमाडौं – आगामी निर्वाचनमा प्रचण्ड- नेपाल पक्षको १० सिट पनि नआउने प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।

आज आफूनिकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा प्रचण्ड-नेपालको अवस्था बारे यस्तो बताएका हुन् । उनले प्रचण्ड-नेपाल पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड-नेपाल पक्ष बरफ पग्लिए जसरी पग्लिएरै सकिने पनि बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here