काठमाडौ -नेकपा रामेछापका जिल्ला सदस्य सहित ५३ जनाले बुधबार नेपाली कांग्रेस प्रवेश गरेकाे छ ।
नेपाली कांग्रेस सुनापति गाउपालिका ५ खनियापानिद्वारा काठमाडौमा भएकाे पार्टी प्रवेश कार्यक्रममा खनियापानिका तत्कालीन नेकपा रामेछापका जिल्ला सदस्य के.डी श्रेष्ठको र सन्देश श्रेष्ठको नेतृत्वमा ५३ जना कांग्रेस प्रवेश गरेका छन् । नव प्रवेशिहरुलाई नेपाली कांग्रेसका पुर्व पार्टी प्रवक्ता अर्जुननरसिंह केसिले स्वागत गरेका थिए ।
पार्टी प्रवेश पछि के.डी. श्रेष्ठले भने नेकपाले नागरिकलाई झुक्याएर नेताहरु स्वार्थमा परेर संसद विघटन गर्ने देखि पार्टी फुटाउने काम गरेकाे अाराेप लगाए । त्यसैगरि नेकपा कहिले नागरिककाे पक्षमा काम नगर्ने पाटि भएकाे भन्दै लाेकतन्त्रलाइ लत्त्याएर साम्यवाद लाद्न खाेजेकाे भन्दै लाेकतन्त्रकाे रक्षार्थ कांग्रेस पार्टी विकल्न नभएकाे बताए ।

कार्यक्रम नेपाली कांग्रेसका पुर्व पार्टी प्रवक्ता अर्जुननरसिंह केसिकाे प्रमुख अातित्थ्यता तथाा खनियापानिका इकाई सभापति जनक खड्काकाे अध्यक्षता भएकाे थियाे । प्रवेश कार्यक्रम सम्पर्क समितिका सदस्य रनिला श्रेष्ठ र सन्तकाजी श्रेष्ठको पहलमा भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here