मौसम : यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तर अर्थात् नेपालतर्फ रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशका अधिकांस स्थानहरुमा आंसिकदेखि सामान्य वदली भइरहेको छ भने पूर्वी भू–भागका केही स्थान र पश्चिमका १/२ स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार (आज) दिउँसो मुलुकका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थान तथा पूर्वका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना छ । त्यस्तै बिहीबार राति देशका धेरैजसो स्थानमा सामान्य वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ ।

त्यस्तै शुक्रबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने एवं राती सामान्यतया वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ ।

शनिबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा तथा राति आंसिक देखि सामान्य वदली रही पश्चिमका थोरै स्थान एवं पूर्वी र मध्यका १/२ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ। ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

धेरै पढिएको