कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार बिहान परीक्षाफल सार्वजनिक गरेको हो।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिनेछ।
वैशाख/जेठमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण यस वर्ष ढिला गरी मंसिरमा मात्रै भएको थियो।
यसपटक परीक्षा बोर्डले ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ। थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको हो।
यस वर्ष कक्षा १२ काे परीक्षामा ४ लाख ३२ हजार ५ सय जना सहभागी भएका थिए । विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ।