क्रियटिभ दिभाको आवेदन खुल्ला

काठमाडौँ – फरक अबधारणाका साथ आयोजना हुन लागेको” Creative Diva” को लागि आवेदन खुलेको छ । प्लानेट मल्टिमिडिया ईन्टरनेशनल प्रा ल ले आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागेकाे कार्यक्रम “क्रीयटिभ दिभा” को सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपालमै पहिलो पटक हुन लागिएको यो कार्यक्रममा तीन विधालाई एउटै कार्यक्रममा फरक फरक प्रस्तुति रहेने गरी एउटै मञ्चमा प्रतिस्पर्धा गराईने भएको छ । फेशन र मोडलिङसँग सम्बन्धित तीन विधा “सौन्दर्य कर्मि(मेक-उप आर्टिस्ट), फेशन डिजाईनर र मोडल (र्‍याम्प मोडेल) हरुको आफ्नो प्रतिभा प्रस्तुति एकै समय एउटै मञ्चबाट गराईनेछ ।

यसरी तीन फरक विधालाई संयोजन गरी एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको कम्पन्री प्रमुख तथा प्रोग्राम डिरेक्टर मोनित महर्जनले बताए । कार्यक्रम निकै मनोरञ्जनत्मक हुने अनि भब्य हुनुका साथै सहाभागिहरुले आफ्नो क्षेत्रमा एक कदम अघि बढन मद्दत गर्ने विश्वास आफुलाई भएको मोनितले बताए ।

यस अघि नेपालका धेरै शहरहरुमा सफलता पुर्वक कार्यक्रम आयोजना गर्दै आएको प्लानेट मल्टिमिडियाको यो लकडाउन पछिको यो नयाँ कार्यक्रम हो । काठमाण्डौं मात्र केन्द्रीत नरहेर पश्चिमको धनगढी, महेन्द्रनगर अनि पूर्वमा झापासम्म विभिन्न विधाको कार्यक्रमहरु आयोजना गर्दै आएको भए पनि झन्डै १ वर्षपछि हुन लागेको यो कार्यक्रममा छुट्टै उत्साह महशुस गरिरहेको आयोजक जानकारी दिए ।

प्रतियोगिताको तिनै विधाका लागि आवेदन खुल्ला गरिएको र दर्ता शुल्क ५०० रुपैंया रहेको पनि आयोजकले जानकारी गराएका छन । टेलिभिजन रियालिटी सो को अवधारणामा तयार गरिएको यस प्रतियोगितामा सहभागिहरुले विभिन्न चरण पार गर्नु पर्ने छ।  ति चरणहरुमा सहभागी गराउनु अघि सबै विधामा विशेषज्ञबाट प्रशिक्षण गराईने पनि आयोजकले जानकारी गराएको छ ।

सबै चरण टेलिभिजनबाट प्रसारण गरिने हुँदा सहभागिहरुले लामो अनि महत्वपुर्ण अनुभब लिने अवसरको रुपमा यस प्रतियोगितालाई लिन सक्नेछन भने प्रतियोगिता भरी निकै मनोरञ्जनात्मक समयका साथ सहभागिहरु प्रतियोगिता भरी उत्साहित रहने आयोजकको बिश्वास रहेको छ ।

 

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको