३ बर्ष देखि अलपत्र क्यामा पुल

रामेछाप – रामेछापको उमाकुण्ड गाउंपालिका १ मा पर्ने क्यामा खोलामा निर्माणाधिन पक्की पुल ३ बर्ष देखि अलपत्र छ । स्थानीय सडक पुल कार्यक्रम अन्तरगत तत्कालिन जिल्ला विकास समितिले उक्त पुल निर्माण थालेको थियो ।
३ बर्ष अघि कार्यक्रम मार्फत ठेक्का लागेको क्यामाखोला पुलको जगमा हालिएका रडहरु बांगिएका छन । बाढीले केहि भागमा क्षति समेत पुगेको छ । पुलको उत्तर तर्फको जगको जमिन सम्मको काम पुरा भएको र दक्षिण तर्फको भागमा जमिन मुनिकै काम सकिएको छैन ।
वडा अध्यक्ष नुर्बु शेर्पाका अनुसार अलपत्र परेको उक्त पुलको काम अघी बढाउनका लागि धेरै निकायमा धाएपनि अहिले सम्म गति पाउन सकेको छैन । खम्पाचे थापा जेभिले उक्त पुलको काम गर्ने संझौता गरेकोे थियो ।
जिल्ला विकास समिति विघटन भएको र स्थानिय पुल कार्यक्रमले समेत हात झिकेकोले उक्त पुलको काम कस्ले हेर्ने भन्ने विषयमा अन्यौल हुदा ३ बर्ष सम्म पुल रोकिएको हो । उक्त पुल अव प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले हेर्ने गरी जिम्मेवारी पाएको छ ।
पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सिनाका अनुसार चालु आर्थिक बर्षका लागि क्यामा खोलापुल निर्माणमा ५३ लाख रुपैयाको अख्तियारी प्राप्त भएको छ । कार्यालयले साविककै ठेक्का संझौता बमोजिम पुलको बांकी निर्माण कार्य गर्नका लागि निर्माण व्यवसायीलाई पत्राचार गरेको समेत तिमिल्सिनाले वताएका छन ।
निर्माण व्यवसायी बलराम श्रेष्ठले ठेक्का लगाएपनि कार्यालयको पुनर्संरचनाका कारण अख्तियारी कुनै निकायमा नआएकोले पुलको काम रोक्नु परेको वताए । कुन निकायले पैसा भुक्तानी गर्ने भन्ने कुराको टुंगो थिएन श्रेष्ठले भने – अहिले प्रदेशको पूर्वाधार विकास कार्यालयबाट पत्र पाएका छौं, अव काम अघी बढ्छ ।
गुम्देल रामेछापको सवैभन्दा दुर्गम क्षेत्रमा पर्छ । उक्त पुल निर्माणपछि क्यामा र लाहाछेवर क्षेत्रमा आवत जावतमा सहज हुनेछ । हिउंदमा मात्र सवारी साधन गुड्दा क्यामा र लाहाछेवर क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ओसारपसार र स्थानीय कृषि उपज वजार सम्म लैजानका लागि कठिनाई वेहोर्नुपरेको छ । गुम्देलबाट लाहाछेवर पुग्न पैदल ७ घण्टा लाग्छ । मोटर पुल वनेको अवस्थामा उक्त दुरी करिव २ घण्टामा थिचोलिन्छ । लाहाछेवर र क्यामामा चिज, छुर्पी, आलु, सेतो सिमी र वा वाहिर निकासी गर्ने स्थानीय उत्पादन हुन ।

सिफारिस

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स...

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

धेरै पढिएको