गोकुल काण्डको अडियो सार्वजनिक गर्नेलाई पक्राउ गर्न लेखा समितिको प्रहरीलाई निर्देशन

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सुरक्षित मुद्रण स्थापनाका लागि कमिसन मागेको कुराकानीको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्न संघीय संसदअन्तर्गको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको छ।

लेखा समितिमा छलफलका क्रममा रहेको विषयसँग जोडी सामाजिक संजालमा अनर्गल प्रचार गरेको तथा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै छानबिन गरी कारबाही गर्न पत्र पठाएको हो।

मिश्र कमिसन माग गर्दै सार्वजनिक भएको अडियोमा संचारमन्त्री गोकुल बाँस्कोटासँग कुराकानी गरिरहेका व्यक्ति हुन्।

उनले बिहीबार बिहानमात्रै सामाजिक संजालमार्फत लेखा समितिले सुरक्षित मुद्रण स्थापना प्रक्रियालाई बिहीबार अनुमोदन गर्न लागेको कारण बाध्य भएर आफूले अडियो सार्वजनिक गरेको बताएका थिए।

त्यस्तै अर्का एक व्यक्ति प्रभात किशोर उपाध्यायलाई पनि छानबिन र कारबाहीका लागि लेखा समितिले क्राइम ब्युरोलाई लेखी पठाएको छ।

उपाध्यायले लेखा समितिका सांसदहरुको फोटो फेसबुकमा राख्दै उनीहरु कमिसन काण्डमा मुछिएका व्यक्ति भएको लेखेका थिए।

बिहीबार बसेको लेखा समिति बैठकमा सांसद सूर्य पाठकले उपाध्यायले फेसबुकमा लेखिएको कुरा देखाउँदै कारबाहीको माग गरेका थिए।

अरु सांसदहरूले पनि सामाजिक संजालमा आफ्नो चरित्र हत्या गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग राखेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो।

यो पनि पढ्नुहोस्

२० हजार पनि तिर्न सक्दैनन् एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत !

सिफारिस

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

भर्खरै

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

धेरै पढिएको