गोकुल काण्डको अडियो सार्वजनिक गर्नेलाई पक्राउ गर्न लेखा समितिको प्रहरीलाई निर्देशन

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सुरक्षित मुद्रण स्थापनाका लागि कमिसन मागेको कुराकानीको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्न संघीय संसदअन्तर्गको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको छ।

लेखा समितिमा छलफलका क्रममा रहेको विषयसँग जोडी सामाजिक संजालमा अनर्गल प्रचार गरेको तथा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै छानबिन गरी कारबाही गर्न पत्र पठाएको हो।

मिश्र कमिसन माग गर्दै सार्वजनिक भएको अडियोमा संचारमन्त्री गोकुल बाँस्कोटासँग कुराकानी गरिरहेका व्यक्ति हुन्।

उनले बिहीबार बिहानमात्रै सामाजिक संजालमार्फत लेखा समितिले सुरक्षित मुद्रण स्थापना प्रक्रियालाई बिहीबार अनुमोदन गर्न लागेको कारण बाध्य भएर आफूले अडियो सार्वजनिक गरेको बताएका थिए।

त्यस्तै अर्का एक व्यक्ति प्रभात किशोर उपाध्यायलाई पनि छानबिन र कारबाहीका लागि लेखा समितिले क्राइम ब्युरोलाई लेखी पठाएको छ।

उपाध्यायले लेखा समितिका सांसदहरुको फोटो फेसबुकमा राख्दै उनीहरु कमिसन काण्डमा मुछिएका व्यक्ति भएको लेखेका थिए।

बिहीबार बसेको लेखा समिति बैठकमा सांसद सूर्य पाठकले उपाध्यायले फेसबुकमा लेखिएको कुरा देखाउँदै कारबाहीको माग गरेका थिए।

अरु सांसदहरूले पनि सामाजिक संजालमा आफ्नो चरित्र हत्या गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग राखेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो।

यो पनि पढ्नुहोस्

२० हजार पनि तिर्न सक्दैनन् एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत !

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको