प्रचण्डले यतिसम्म गरेपछि सूर्य थापाले सार्वजनिक गरे मन्त्री नियुक्त र सपथ ग्रहणको तालिका

काठमाडौं – गत शुक्रबार प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक पारित भयो । यो विधेयकलाई आज राष्ट्रियसभा बैठकबाट पनि पारित गराउने तयारी भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ टेबल गर्ने सम्भावित कार्यसूची छ ।

यो विद्येयक पारित भएसँगै यसको चर्को विरोध भइरहेको छ । प्रतिनिधिसभा बैठकबाट यो विद्येयक पारित गर्दा मौन बसेको नेकपा एमाले पनि बाहिर निस्किएपछि भने विरोध गर्न थालेको छ ।

यसैक्रममा नेकपा एमालेका नेता सूर्य थापाले एक स्टाटस पोष्ट गर्दै नागरिकता सम्बन्धी विद्येयक प्रतिनिधिसभाबाट पारित भएपनि असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, – ‘यो चश्माले छर्लङ्ग देख्दोरहेछ, विदेशी मूलतः भारत माइतीका बुहारीलाई स्वर्णिम अवसर ।’

उनले स्टाटसमार्फत नेपाली युवासँग विवाह गरेको १० घण्टाभित्रै मन्त्री पदमा बहाली हुन सक्ने तालिका नै सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, – ‘सिन्दुरसँगै नागरिकताको प्रमाणपत्र बिहान १० बजे, संघीय सांसद मनोनयन अपरान्ह १२ बजे, सपथग्रहण दिउँसो २, मन्त्री नियुक्त दिउँसो ४ बजे, सपथ ग्रहण साँझ ६ बजे, पदबहाली बेलुकी ७ बजे ।’

महान जनयुद्धदेखि पाँचदलीय गठबन्धनको बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेको सौदावाजी र नग्न दलालीको परिणाम भएकोसमेत उनले आरोप लगाएका छन् ।

यस्तो छ उनको स्टाटस
याे चश्माले छर्लङ्ग देख्दाेरहेछ-
विदेशी मूलत: भारत माइतीका बुहारीलाई
स्वर्णिम अवसर
१० घण्टामा मन्त्रीको पदबहाली
नेपाली युवासँग विवाह,
सिन्दुरसँगै नागरिकताकाे प्रमाणपत्र – बिहान १०:०० बजे।
संघीय सांसद मनाेनयन – अपरान्ह १२:०० बजे ।
सपथग्रहण- दिउँसो २:०० बजे।
मन्त्री नियुक्त- दिउँसो ४:०० बजे ।
सपथग्रहण- साँझ ६:०० बजे।
पदबहाली- बेलुका ७:०० बजे।
‘महान’ जनयुद्धदेखि पाँचदलीय गठबन्धनकाे बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक !
पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेकाे
साैदावाजी र नग्न दलालीकाे परिणाम !
घृणित आत्मसमर्पण ।
नाच मदारी नाच,
डम्फुकाे तालमा नाच !!

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको