प्रचण्डले यतिसम्म गरेपछि सूर्य थापाले सार्वजनिक गरे मन्त्री नियुक्त र सपथ ग्रहणको तालिका

काठमाडौं – गत शुक्रबार प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक पारित भयो । यो विधेयकलाई आज राष्ट्रियसभा बैठकबाट पनि पारित गराउने तयारी भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ टेबल गर्ने सम्भावित कार्यसूची छ ।

यो विद्येयक पारित भएसँगै यसको चर्को विरोध भइरहेको छ । प्रतिनिधिसभा बैठकबाट यो विद्येयक पारित गर्दा मौन बसेको नेकपा एमाले पनि बाहिर निस्किएपछि भने विरोध गर्न थालेको छ ।

यसैक्रममा नेकपा एमालेका नेता सूर्य थापाले एक स्टाटस पोष्ट गर्दै नागरिकता सम्बन्धी विद्येयक प्रतिनिधिसभाबाट पारित भएपनि असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, – ‘यो चश्माले छर्लङ्ग देख्दोरहेछ, विदेशी मूलतः भारत माइतीका बुहारीलाई स्वर्णिम अवसर ।’

उनले स्टाटसमार्फत नेपाली युवासँग विवाह गरेको १० घण्टाभित्रै मन्त्री पदमा बहाली हुन सक्ने तालिका नै सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, – ‘सिन्दुरसँगै नागरिकताको प्रमाणपत्र बिहान १० बजे, संघीय सांसद मनोनयन अपरान्ह १२ बजे, सपथग्रहण दिउँसो २, मन्त्री नियुक्त दिउँसो ४ बजे, सपथ ग्रहण साँझ ६ बजे, पदबहाली बेलुकी ७ बजे ।’

महान जनयुद्धदेखि पाँचदलीय गठबन्धनको बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेको सौदावाजी र नग्न दलालीको परिणाम भएकोसमेत उनले आरोप लगाएका छन् ।

यस्तो छ उनको स्टाटस
याे चश्माले छर्लङ्ग देख्दाेरहेछ-
विदेशी मूलत: भारत माइतीका बुहारीलाई
स्वर्णिम अवसर
१० घण्टामा मन्त्रीको पदबहाली
नेपाली युवासँग विवाह,
सिन्दुरसँगै नागरिकताकाे प्रमाणपत्र – बिहान १०:०० बजे।
संघीय सांसद मनाेनयन – अपरान्ह १२:०० बजे ।
सपथग्रहण- दिउँसो २:०० बजे।
मन्त्री नियुक्त- दिउँसो ४:०० बजे ।
सपथग्रहण- साँझ ६:०० बजे।
पदबहाली- बेलुका ७:०० बजे।
‘महान’ जनयुद्धदेखि पाँचदलीय गठबन्धनकाे बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक !
पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेकाे
साैदावाजी र नग्न दलालीकाे परिणाम !
घृणित आत्मसमर्पण ।
नाच मदारी नाच,
डम्फुकाे तालमा नाच !!

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको