अहिलेसम्म चुनाव नहारेका देउवा र गच्छेदारको यसपाली पनि दोहोरिएलान् ?

काठमाडौं – नेपालको राजनीतिमा ६ पटक संसदको निर्वाचन जित्ने दुईमात्र नेता छन् । उनीहरु हुन् शेरबहादुर देउवा र विजयकुमार गच्छेदार । दुवै हाल नेपाली काँग्रेसका हुन् ।

देउवाले २०४८ सालयता डडेलधुराबाट प्रत्यक्षतर्फ चुनाव जित्दै आएका छन् । उनले एकपटक डडेलधुरा र कैलालीबाट पनि चुनाव जितेका थिए ।

विजयकुमार गच्छेदारले सुनसरीबाट चुनाव जित्दै आएका छन् । गच्छेदारले तीन पटक नेपाली काँग्रेस र तीन पटक मधेशवादी दलबाट चुनाव जिते । संविधान सभा अघि गच्छेदारले काँग्रेसबाट चुनाव जितेका थिए । त्यसपछि मधेशवादी दलमा आवद्ध भएर चुनाव जिते ।

देउवा र गच्छेदार मात्र नेपालको इतिहासमा ६ पटक लगातार संसदको चुनाव जित्ने नेताहरु हुन् । जनतामाझ भिजेका र बलियो संगठन रहेकाले पनि दुवैले चुनाव जित्दै आएका हुन् । राजनीतिमा रणनीतिक चार्तुयता पनि देखिन्छ उनीहरुमा ।

देउवाको डडेलधुरामा बलियो पकड छ । ८० टेक्न लागेका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा फेरि पनि डडेलधुराबाट चुनाव लड्ने चर्चा छ । ५ पटक प्रधानमन्त्री भइसकेका देउवा ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने गर्छन् । उनी सातौं पटक चुनाव जित्ने तयारीमा भने पक्कै छन् ।

गच्छेदार सुनसरीबाट चुनाव लड्ने चर्चा छ । उनको चुनावी क्षेत्र त्यही हो । थारु समुदायमा गच्छेदारको बलियो पकड छ । उनी पटक पटक मन्त्री भइसकेका छन् । उपप्रधानमन्त्रीसहित गृह, भौतिक जस्ता शक्तिशाली मन्त्रालय सम्हालेको इतिहास छ । गच्छेदार सातौंपटक चुनाव जितेर इतिहास रच्ने दाउमा छन् ।

देउवालाई यसपटकको प्रतिनिधि सभाको निर्वाचन कठिन भने हुनसक्छ । वृद्धावस्थाको हुनु, डडेलधुरामा नयाँ पीढीका युवाहरुको उदय हुनुले पनि देउवालाई चुनौती बढेको हो । तर, शक्तिमा लामो समय बसिसकेकाले उनलाई हराउन सजिलो छेन । नयाँ पुस्तामाझ देउवा लोकप्रीय नहुनुले परिस्थिति उल्टन सक्छ ।

गच्छेदार पनि वृद्धावस्थाका छन् । उनी नयाँ पुस्तामाझ लोकप्रीय छैनन् । यो उनका लागि चुनावी चुनौती बन्न सक्छ । तर, लामो राजनीतिक अनुभव भएकाले गच्छेदारलाई पराजित गर्न सजिलो छैन ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको