प्रचण्ड, माधव र बाबुरामले खोल्न लागेको नयाँ पार्टीको अध्यक्ष को ? वामदेवले गरे यस्तो खुलासा

काठमाडौं – साउनभित्रै समाजवादी केन्द्र निर्माण गर्ने गरी घनीभूत छलफल चलेको छ । यसमा सबैभन्दा बढी वामदेव गौतम सक्रिय भएका छन् ।

गौतमले आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डलाई भेटेका छन् । उनले समाजवादी केन्द्र निर्माण, वामपन्थी एकतालगायतका विषयमा छलफल गरेको बुझिएको छ ।

गौतमले समाजवादी केन्द्रको नेता नै प्रचण्ड भएको बताए । उनी प्रचण्डलाई नेतृत्वमा राखेर समाजवादी केन्द्र बनाउन सक्रिय भएका छन् । प्रचण्डले पनि समाजवादी केन्द्र बनाउने देखि आफू चुनावपछि प्रधानमन्त्री बन्ने संकेतहरु गर्न थालेका छन् ।

समाजवादी केन्द्रमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, वामदेव गौतम रहने निश्चितप्रायः छ । बाबुरामले नेपाल समाजवादी पार्टी नै बनाइसकेका छन् ।

कम्युनिस्ट सिद्धान्त त्याग्ने कि नत्याग्ने विषयमा भने प्रचण्ड र बाबुरामबीच विमति छ । यसमा कुरा मिलेमा मात्र बाबुराम समाजवादी केन्द्रमा रहनेछन् ।

त्यस्तै, प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ । २०७२ मा एमाले र माओवादीका शीर्ष तहमा सम्वाद हुन नसकिरहेका बेला दोस्रो तहका नेताहरुले कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति बनाएर सम्वाद थालेका थिए ।

भुसालका अनुसार अहिले पनि कम्युनिस्ट दलहरुमा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउने प्रयास भइरहेको छ । त्यसबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग छलफल गर्न एमाले नेता भुसाल माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दलको कार्यालयमै भएकाले दुई नेताबीच भेट भयो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए ।

एमाले नेता भुसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गरेका थिए । भुसालले एमाले समेत अटाउने मोर्चा बनाउनुस् भनेपछि नेताहरुबीच हाँसो ठट्टा भएको थियो ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको