सरकारले गर्यो शिक्षकको नयाँ तलबमान र ग्रेड, कुन श्रेणीको कति पुग्यो तलब ?

साउन १ गतेदेखि लागू हुनेगरी सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ। यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको जानकारी गराएका हुन्।

उनले सबै तहका निजामती कर्मचारी, नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल,स्वास्थ्य सेवा,संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि यही साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको बताए।

 सबैखाले सरकारी कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको छ। अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो।

जसअनुसार अब शिक्षकहरूले पनि  बढेको तलब प्राप्त गर्नेछन्। वृद्धि भएको तलबअनुसार माध्यामिक तह (प्रथम)ले ५६,७८७, माध्यामिक तह (द्वितीय)ले ४८,७३७, माध्यामिक तह (तृतीय)ले ४३,६८९, निम्न माध्यामिक तह शिक्षक (प्रथम)ले ४५,७७०, निम्न माध्यामिक तह (द्वितीय)ले ४३,६८९, निम्न माध्यामिक तह (तृतीय)ले ३४७३० पाउनेछन् ।

त्यस्तै प्राथमिक तह (प्रथम)ले ४३,६८९, प्राथमिक तह (द्वितीय)ले ३४,७३० र प्राथमिक तह (तृतीय)ले ३२,९०२ रुपैयाँ तलब प्राप्त गर्नेछन् ।

हेर्नुस् कुन तहको शिक्षकको तलब कति पुग्यो ?

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको