अब अस्थायी तथा करार कर्मचारीहरु सीधै स्थायी हुने

धनगढी – सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय र सो मातहतका स्थानीय तहहरुमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुलाई सीधै स्थायी बनाउने बाटो खुलेको छ ।

प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेपछि सो बाटो खुला भएको हो ।

तर यससँगै प्रदेश सरकारको चर्को आलोचना समेत भइरहेको छ । प्रदेश सभाकै केही सांसदले उक्त विधेयक अहिले पारित गर्नु उचित नरहेको भन्दै आलोचना गरेका छन् ।

सोमबार प्रदेश सभामा सो विधेयक प्रस्तुत गरिएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले विधेयक पारित गरियोस् भनी प्रस्ताव सभामा पेस गरेका थिए । सो क्रममा नेकपा एमालेका प्रदेश सांसद कृष्णराज सुवेदीले विधेयक फिर्ता गर्न माग गरे ।

जुनबेला प्रदेशमा कर्मचारी अभाव थियो, त्यति बेला बेला विधेयक किन आएन भन्दै उनले गम्भीर सवाल उठाए । अहिले सरकार र प्रदेशसभाको आयु समाप्त हुँदै गर्दा विवादित रूपमा विधेयक ल्याउनु ठीक नरहेको उनको भनाइ थियो ।

प्रदेश निजामती सेवाको व्यवस्थासम्बन्धी सो विधेयक २०७८ असार १३ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो । तर प्रदेश सभाको आयु सकिन लाग्दा हतारमा विधेयक पारित गरिएको छ ।

यससँगै अब प्रदेशका विभिन्न मन्त्रालय र मातहतका ८८ स्थानीय तहमा राजनीतिक पहुँचका आधारमा प्रदेश सरकारले नियुक्ति गरेका करार र अस्थायी कर्मचारीलाई सीधै स्थायी गर्न बाटो खुला भएको छ ।

अब सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएमा ती सबै अस्थायी कर्मचारी स्वतः स्थायी हुने छन् । हाल प्रदेश सरकारले ५ वर्षभित्रमा ५ सयभन्दा बढी अस्थायी तथा करार कर्मचारीहरु नियुक्त गरेको छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको