अब अस्थायी तथा करार कर्मचारीहरु सीधै स्थायी हुने

धनगढी – सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय र सो मातहतका स्थानीय तहहरुमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुलाई सीधै स्थायी बनाउने बाटो खुलेको छ ।

प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेपछि सो बाटो खुला भएको हो ।

तर यससँगै प्रदेश सरकारको चर्को आलोचना समेत भइरहेको छ । प्रदेश सभाकै केही सांसदले उक्त विधेयक अहिले पारित गर्नु उचित नरहेको भन्दै आलोचना गरेका छन् ।

सोमबार प्रदेश सभामा सो विधेयक प्रस्तुत गरिएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले विधेयक पारित गरियोस् भनी प्रस्ताव सभामा पेस गरेका थिए । सो क्रममा नेकपा एमालेका प्रदेश सांसद कृष्णराज सुवेदीले विधेयक फिर्ता गर्न माग गरे ।

जुनबेला प्रदेशमा कर्मचारी अभाव थियो, त्यति बेला बेला विधेयक किन आएन भन्दै उनले गम्भीर सवाल उठाए । अहिले सरकार र प्रदेशसभाको आयु समाप्त हुँदै गर्दा विवादित रूपमा विधेयक ल्याउनु ठीक नरहेको उनको भनाइ थियो ।

प्रदेश निजामती सेवाको व्यवस्थासम्बन्धी सो विधेयक २०७८ असार १३ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो । तर प्रदेश सभाको आयु सकिन लाग्दा हतारमा विधेयक पारित गरिएको छ ।

यससँगै अब प्रदेशका विभिन्न मन्त्रालय र मातहतका ८८ स्थानीय तहमा राजनीतिक पहुँचका आधारमा प्रदेश सरकारले नियुक्ति गरेका करार र अस्थायी कर्मचारीलाई सीधै स्थायी गर्न बाटो खुला भएको छ ।

अब सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएमा ती सबै अस्थायी कर्मचारी स्वतः स्थायी हुने छन् । हाल प्रदेश सरकारले ५ वर्षभित्रमा ५ सयभन्दा बढी अस्थायी तथा करार कर्मचारीहरु नियुक्त गरेको छ ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको