एकीकृत समाजवादीले गर्यो यी पूर्वमन्त्रीलाई कारबाही, एमालेमा प्रवेश गर्दै

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने भएको छ।

प्रदेश कमिटी उपसचिव पदमा रहेका तामाङ पार्टी विरुद्धका गतिविधीमा संलग्न रहेको भन्दै प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो।

प्रदेश सभा सदस्य तामाङले प्रदेश सभा बैठकमै बोल्दै अब उप्रान्त नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)मा नरही निर्वाचित भएको पार्टी नेकपा एमालको सदस्य हैसियतले प्रस्तुत रहने भनी धारणा व्यक्त गरेका थिए। सार्वजनिक रुपमा समेत उनले आफू अब एमालेको सांसदका रुपमा प्रस्तुत हुने भनेर बताएका थिए।

प्रदेश कमिटीले पार्टीको विधानको धारा ६४– १, २, ४, ६ र ६४–ख–८ को प्रक्रिया बमोजिम उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

उनलाई प्रदेश सभा सदस्यको पदबाट पनि कारबाही गर्नसमेत संसदीय दललाई निर्देशन दिइएको छ ।

‘सुदूरपश्चिम प्रदेश सभा सदस्यको पदबाट आवश्यक कारबाही गर्न प्रदेश संसदीय दललाई निर्देशन गरिन्छ,’ प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको