चितवन १ मा कांग्रेसबाट यी नेताहरुको दावी, कसले पाउलान् टिकट ?

काठमाडौं – चितवन निर्वाचन क्षेत्र नं। १ मा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दाबी पेस गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि उम्मेदवार हुने आकांक्षा राखेर नाम दर्ता गराएका छन् ।

उम्मेदवार बन्न आकांक्षा राख्नेमा बुर्लाकोटीबाहेक सबै नयाँ अनुहार हुन् । यसअघि २०७० र २०७४ को निर्वाचनमा नेकपा एमालेका सुरेन्द्र पाण्डे निर्वाचित हुँदा उनीसँग बुर्लाकोटी पराजित भएका थिए ।

चितवन १ को क्षेत्रीय समितिले उम्मेदवारका आकांक्षीहरुलाई मंगलबार दावी पेश गर्न आग्रह गरेको थियो । क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न नाम दर्ता गराएका आकांक्षीहरुसँग छलफल गर्ने बताएको छ ।

सकेसम्म सहमतिमै उम्मेदवार चयन गरिने कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति किरण भूषण सिंह ओलीले जानकारी दिएका छन् । क्षेत्र नं. १ बाट समानुपातिकतर्फ उम्मेदवार बन्न ८ जनाले नाम दर्ता गराएका छन् ।

यसरी नाम दर्ता गराउनेमा पूर्व सांसद सावित्रीदेवी चौधरी, पूर्वमन्त्री सावित्री बोगटी पाठक, जोखाप्रसाद चौधरी, सुशीलादेवी उप्रेती, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापा छन् ।

नेपाली कांग्रेस चितवनले १७ गतेसम्म जिल्लामा आकांक्षीहरुको नाम पठाउन क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ । चितवनको क्षेत्र नं। २ र ३ भने उम्मेदवार बन्ने चाहाना राख्नेलाई वुधबार नाम दर्ता गराउन भनिएको छ ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको