महेश बस्नेतले वाइसिएलविरुद्ध मुद्दा हाल्छु भनेपछि अध्यक्ष सेर्पालीले दिए कडा चेतावनी

 ‘नेकपा एमालेका नेता महेश बस्नेतमाथि आक्रमण भएको’ भन्ने भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । नेता बस्नेतले उक्त भिडियो आफूसँग सम्बन्धित नभएको र भ्रम फैलाउनेविरुद्ध साइबर अपराधको मुद्दा दायर गर्ने चेतावनी दिए ।

भ्रामक भिडियो भाइरल गर्ने नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का सदस्य रहेको बस्नेतको दाबी छ । वाइसिएलका कार्यकर्ता केशव थुलुङ्ग र एसपी रेग्मीले उक्त भ्रम फैलाएको बस्नेतको आरोप छ । उनले वाइसिएलका कार्यकर्ताविरुद्ध साइबर अपराधको मुद्दा दायर चेतावनी दिइसकेका छन् ।

बस्नेतको चेतावनीपछि वाइसिएलका अध्यक्ष सुबोध सेर्पालीले पनि जवाफ दिएको छ । बस्नेतले सार्वजनिक रूपमा कसैमाथि जाइलाग्न आदेश दिएको हुनाले वाइएसिएलका कार्यकर्ता आक्रामक बनेको हुनसक्ने अध्यक्ष सेर्पालीको भनाइ छ ।

सामाजिक सञ्जाल र विभिन्न मन्चमा मनपरि बोल्दा बस्नेतलाई कारबाही नहुने तर आफ्ना कार्यकर्ताले रक्षात्मक बन्दा साइबर अपराध हुने कुरा ठीक नभएको अध्यक्ष सेर्पालीको भनाइ छ ।

उनले लेखेका छन्, ‘एमालेका नेता महेश बस्नेतले सार्वजनिक रूपमा कसैलाई भौतिक रूपमा नै जाइलाग भनेर जे अभिव्यक्ती दिनुभयो । त्यो पटक्कै ठीक होइन । सामाजिक सञ्जाल र विभिन्न मन्चहरूमा मनपरी बोल्दा उहाँहरूलाई कानुन अनि राज्यले पूरै छुट दिने र अरूलाई नहुने भन्ने हुन्न । यसको मतलब अरूले जे गर्छन् हानी त्यसो गर्न हुन्न भन्नेमा दृढ नै छौँ,’ सेर्पालीले फेसबुकमा लेखेका छन्, ‘हिजोदेखि हाम्रो केही साथीहरूलाई लक्षित गरी साइबरक्राइम वा अन्य मुद्दामा जान्छौं भनेर आएको कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आपसी छलफल गरि बिषयहरू सुल्झाउन सकिन्छ । थप मनमुटावको बाटो रोज्नु कसैको हितमा छैन, बेलैमा सचेत बनौं ।’

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको