यूपी र बिहारमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपाल ल्याउनुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन्  । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज बुधवार आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती विषयक कार्यक्रममा उहाँले पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताए ।

‘हामीले हिमाल, तालतलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न सकेको छैनौँ’, उनले भने , ‘नेपालमा रहेका ऐतिहासिक थलो, गढीको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।’ उनले भारतको उत्तर प्रदेश र बिहार राज्यम गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राखे ।

अध्यक्ष नेपालले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने बताए । ‘अहिलेसम्म नेपालमा भएका राजतन्त्रकालको सबै चिज सङ्ग्रहालयमा देख्न पाइयोस् । किरात, लिच्छवी, महिसपाल वंश, सेन वंश, शाहवंशले कसरी शासन सञ्चालन गरेका थिए । त्यो सबै कुरा सङ्ग्रहालयमा राख्नुपर्दछ । त्यो हेर्न विदेशी आउने छन्’, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायु सेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताए । उनले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताए । उनले निगमले सञ्चालन गरेको ध्वजावाहक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताए ।

‘सरकारसँग समन्वय नगरेर एकल ढङ्गबाट नेपाल वायु सेवा निगम चलाइयो भने समाप्त हुन्छ’, उनले भने, ‘सरकारको समन्वयमा निगमले ध्वजावाहक जहाज सञ्चालन गर्नुपर्दछ ।’ अनलाइन टिकट गर्नका लागि आफूले निर्देशन दिए पनि नेपाल निगमले नमानेको उनले बताए । उनले १२ महिना पर्यटन भित्र्याउन पहल गरिने योजना बनाइरहेको बताए  ।

उनले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेको भन्दै अब चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने पनि बताए ।

कार्यक्रममा डा. बिपी बडालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय पर्यटन शुल्क मिनाहा गरी पर्यटकको बसाइँ तथा खर्च बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका डा. रामकुमार फुँयाल र नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकालले टिप्पणी गर्दै नेपालमा पर्यटनको सम्भावना रहेकोले प्रचारप्रसारको कमी र पर्यटन नीतिगत सुधार आवश्यक रहेको बताए ।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको