महेश बस्नेतको क्षेत्र किन पुगे बालेनसहित यी मेयर ?

भक्तपुर – फोहरमैला व्यवस्थापन गर्न काठमाडौँ उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको आह्वानमा बुधबार मध्यपुरथिमिको फोहोर सङ्कलन गरी जापानिज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्राङ्गारिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरूले अवलोकन भ्रमण गरेका छन् ।

उपत्यकाका फोहोरलाई व्यवस्थापन गर्न साझा अवधारणा बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वरका नगरप्रमुख दीपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतका उपत्यकाका नगर प्रमुखहरूले यहाँको फोहोरबाट मल उत्पादनबारे स्थलगत अबलोकन गरी जानकारी लिएको मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिए ।

अवलोकनपछि नगर प्रमुखहरूले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्नसक्ने गरी विकल्प खोजी गर्ने क्रममा मध्यपुर थिमि आएको उनले बताए ।

मध्यपुर थिमिमा चार वर्षअघि तत्कालीन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जापान भ्रमण गरी जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राविधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गरेका थिए ।

मध्यपुर थिमि वडा नं ४ र ५ बाट फोहोर सङ्कलन गरी मल बनाउँदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न भने सकिएको छैन । यो प्रविधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रुपमा सुरु गरेको छ ।

यो क्षेत्र एमाले नेता महेश बस्नेतको क्षेत्र हो। उनले बालेनको कामलाई विरोध जनाउदै आएका छन्।  बस्नेतले विकासको मोडालिटी हेर्न भक्तपुर आउन पनि आग्रह गरेका थिए।

त्यस्तै बुधबार नै गोकर्णेश्वर नगरपालिकाले प्रयोगमा ल्याएको फोहोर जलाउने इन्सिनरेटर काठमाडौंसहितका मेयरहरुले अवलोकन गरेका छन् ।

काठमाडौंका मेयर बालेन्द्र साह बालेन, मध्यपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका उपेन्द्र कार्की र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मेसिनको अवलोकन गरेका हुन् ।

गोकर्णेश्वरले २०७८ चैतदेखि फोहोर जलाउने मेसिन सञ्चालनमा ल्याएको हो ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको