उपत्यकामा पर्यटनमन्त्री श्रेष्ठले ल्याए यस्तो योजना, बालेन पनि खुशी

काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले योजना बनाएका छन्।

काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरू गर्नेबारे मन्त्री श्रेष्ठले बुधबार सरोकारवालाहरूसँग छलफल गरेका हुन्।

रात्रिकालीन सम्पदायात्राले पर्यटकहरूको आगमन वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने बताउँदै उनले कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने बताए।

‘रात्रिकालीन सम्पदा-यात्राले उपत्यकाका मठमन्दिर, जात्रा-पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन्,’ उनले भने। यसअघि काठमाडौँका मेयर बालेन शाहले पनि रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने योजना बनाएका  थिए। पर्यटनमन्त्री श्रेष्ठले राम्रो कामको सुरुवात गरेपछि बालेन पनि खुशी भएका छन्।

यसअघि मन्त्री श्रेष्ठले ल्याएकाे पर्यटन पुनरूत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने विषय उल्लेख गरिएको छ।

पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्ती तथा सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने तयारी छ।

ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक र मनमोहक हुने पर्यटन व्यवसायीहरूको भनाइ छ।

छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ-संस्थाका प्रतिनिधि सहभागी थिए।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको