जबरामाथिको दोस्रो दिनको बयान सकियो

काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ ।

जबरा विहान ११ बजे सिंहदरबारमा पुगेका थिए । झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ ।

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।

प्रधानन्यायाधीशको कार्यक्षमता, न्यायिक मूल्य मान्यता समाप्त गरेको भन्ने आरोपको जवाफ जबराले दिएका छन् । बुधवार पहिलो दिनको बयानका क्रममा चोलेन्द्रले राजनीतिक दलका नेतादेखि सर्वोच्चका न्यायाधीश र वरिष्ठ अधिवक्तासम्मको पोल खोलेका थिए ।

बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा राणाले उनीसँग सोधिएको प्रश्नको जवाफ दिनुभन्दा पनि समितिमाथि नै आरोप लगाएका थिए।

राणाको आरोपसहितको जवाफलाई सत्ता पक्षका समिति सदस्यले आपत्ति जनाएका थिए। यस्तो अवस्थामा बैठक चलाउने कि नचलाउने भन्ने विवादपछि आगामी भदौ १९ गते आइतबार बस्ने गरी बिहिबारको बैठक स्थगित भएको हो ।

‘भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन गर्न नसकेको र न्याय सम्पादनमा भ्रष्टाचार केन्द्रीत भएर फैसला गरियो भन्ने छ, यसमा तपाईको भनाई के हो ? भनेर गरिएको प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर जानुभयो’, बयानमा गरिएका सवाल जवाफबारे एक नेताली जानकारी दिए । त्यसक्रममा जबराले समिति र संसदलाई नै प्रश्न गरेका थिए । जसले गर्दा समय लागेको ति नेताले जानकारी दिए ।

यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए।

उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको