देश आर्थिक रुपमा टाट पल्टन लागेको भन्दै मेयर हर्क साम्पाङले गरे यस्तो आव्हान

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश आर्थिक रुपमा टाट पल्टन लागेको भन्दै सबैलाई श्रम गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा सक्रिय हुने साम्पाङले कुरा बुझ्न केही समय लाग्ने भएपनि पछि पछुतो नहुने दाबी गरेका छन्।पुँजीगत भन्दा चालुतिर खर्च बढेको भन्दै साम्पाङले चिन्ता ब्यक्त गरेका छन्।

‘देश आर्थिक रुपले टाट पल्टन लागेको देख्दैछु! पुँजीगत भन्दा चालुतिर खर्च बढेको छ,’ मेयर साम्पाङले भनेका छन्, ‘त्यसैलाई घटाउन र देशलाई बचाउन अब सबैले श्रम गरौं। मेरो कुरा बुझ्न समय लाग्छ तर पछि पछुतो हुनेनैछ!’

त्यस्तै, साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन्। उनले मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिँदै देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्।

विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काठमाडौंको फोहोरको बारेमा आलोचना गरेको भन्दै हर्कविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज बढ्न थालेको छ। त्यसप्रति टिप्पणी गर्दै साम्पाङले यस्तो चेतावनी दिएका हुन्।

‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले अघि भनेका छन्, ‘अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु!’

मेयर साम्पाङ सामाजिक सञ्जालमा सक्रिय छन्। दैनिक आफ्ना गतिविधि सामाजिक सञ्जालबाट दिइरहेका साम्पाङले यसअघि काठमाडौं आउँदा फोहोर नउठेको विषयमा ब्यंग्य गरिरहेका हुन्छन्।

आफैंले काठमाडौंको कुहिएर गन्हाएको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनेपछि फेसबुक वार सुरु भएको उनले बताएका छन्।

‘मैले काठमाडौंको कुहिएर गन्हाइराको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनें,’ उनले प्रष्टिकरण दिँदै भनेका छन्, ‘सुनको थुप्रो भनिँन त्यसैले शुरु भयो फेस्बुकवार’ सत्य बोल्दा यस्तै हुन्छ हाम्रो देशमा तर अन्ततः जीत सत्यकै हुन्छ!’

साम्पाण्ले तर्क सहितको विरोध र बसहलाई धन्यवाद दिँदै आएको तर तल्लो स्तरको शब्द प्रयोग गरे गालि गर्ने छुट कसैलाई नभएको बताउँदै ‘पत्ता लगाएर जेल हाल्न नपरोस्’ भन्दै चेतावनी समेत दिएका छन्।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको