प्रदेशसभा सदस्य थापासहित ६ जनालाई एमालेले गर्यो निष्कासन

नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको जनाएका छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै अध्यक्ष पदबाट बर्खास्त गरिएका थापा बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।

उनीसँगै एमालेले उनकी पत्नीसमेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउदलाई पनि कारबाही गरेको हो।

त्यस्तै, स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीले कारबाही गरेका नेकपा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष रतनबहादुर थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा सहित थुप्रै नेता नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको कैलाली अध्यक्ष कैलाश चौधरीले जानकारी दिए।

उनका अनुसार बिहिबार संघीय राजधानी काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापा सहित एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायत नेताहरुलाई अध्यक्ष रञ्जिता श्रेष्ठले टीका लगाएर स्वागत गरेकी छन्।

०७८ पुसमा सम्पन्न एमाले कैलालीको अधिवेशन अन्तर्गत भएको चुनावमा रणबहादुर चन्दलाई ४ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका थिए। उनलाई स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोपमा एमालेले अध्यक्षबाट हटाएको थियो।

उनी एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद पनि थिए। थापा कैलाली निर्वाचन क्षेत्र नम्बर २ ९१० मा ०७४ सालमा एमालेबाट विजयी भएका थिए।

एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापालाई स्थानीय तहको चुनावमा अन्तर्घात गरेको आरोपमा एमालेले जिल्ला अध्यक्षबाट हटाएको थियो ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको