सत्तारुढ दलकै सांसदको माग : नेपाल–भारत सीमामा काँडेतार लगाऔं

नेपाल–भारत सीमामा आपराधिक घटना बढेको भन्दै सीमामा काँडेतार लगाउन सत्तारुढ दलकै सांसदले माग गरेकी छिन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा जसपा सांसद रेनुका गुरुङले भारत–पाकिस्तान, भारत–बंगलादेश जस्तै नेपाल–भारत सीमामा पनि काँडेतार लगाउन माग गरेकी हुन् ।

‘खुला सीमानाका कारण दुईजना हतियारधारी भारतीय नम्बर प्लेटका सवारीमा नेपाल छिरेर कपिलवस्तुमा २ जनाको हत्या भएको छ । विगतमा पनि भारतीय सुरक्षाकर्मीद्वारा हाम्रो गोविन्द गौतमको हत्या भएको हो, जयसिंह तुइनको घाउ आलै छ,’ गुरुङले भनिन्, ‘आतंकवादी हत्याराहरू, मानव तस्कर र सीमा अतिक्रमण रोक्न अनिवार्य काँडेतार बार लगाउन नेपाल सरकारसँग जोडदार माग छ ।’

उनले आफ्नो घरमा विस्फोटक पदार्थ फालिँदा प्रहरीले पटका भनेर गम्भीर रूपमा नलिएको आरोप समेत लगाइन् ।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद जीपछिरिङ लामाले श्रीमान् र श्रीमती नै उम्मेदवार हुने व्यवस्था हटाउन माग गरेका छन् ।

श्रीमान्–श्रीमतीले उम्मेदवारी दिए एउटाको खारेज गर्ने गरी नियमावली संशोधन गर्न उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर सांसद लामाले श्रीमान र श्रीमती उम्मेदवार बन्दा कार्यकर्ताले अवसर नपाएको बताए ।

‘श्रीमान्ले प्रत्यक्ष टिकट पाउँदा श्रीमतीलाई समानुपातिकमा राख्ने गरिएको छ । यसो गर्दा हरेक पार्टीको कार्यकर्ताले टिकट पाएका छैनन् । निर्वाचन आयागले नियमावली संशोधन गरेर श्रीमान श्रीमती उम्मेदवार भए एउटाको खारेज गर्ने नियमावली बनाउनुपर्छ ।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ती नै उम्मेदवार बन्न खोजिरहेका छन् । सांसद लामाले संसदको कार्यकाल सकिन लागेको भन्दै भारतसँग वार्ता गरेर लिपुलेकको जमिन फिर्ता गराउन पनि माग गरे ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सांसद रंगमती शाहीले उम्मेदवारले शुरूमै सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको