फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन

काठमाडौं – काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन,

रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन गर, फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर’ जस्ता नारा र प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको