पहिलो पटक राष्ट्रपतिको पक्षमा खम्बाझैं उभिए वामदेव, नागरिकता विधेयक के होला ?

काठमाडौं – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए ।

तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको निबन्ध हो भन्ने जस्ता टिप्पणी धेरै भए ।

राष्ट्रपति कुन समूहसित, कुन पार्टीसित सम्बन्धित हुनुहुन्छ भन्ने महत्वपूर्ण होइन । राष्ट्रपतिको सम्मान गर्न जान्नुपर्छ, होइन भने राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दा पनि आफूले दुई घण्टाको निम्ति भए पनि फिर्ता पठाइदिनुस् भनेर सुझाव दिन चाहेको, तर राष्ट्रपतिलाई भेट्न नपाएको गौतमले सुनाए

। त्यसपछि आफूले सूचना पठाएको र त्यसको केही घण्टामा संसद विघटन भएकाले पदको दुरुपयोग भयो भनेर बोलेको उनले बताए ।

अहिले नागरिकता विधेयक फिर्ता गर्दा प्रतिनिधिसभामा भएको छलफल पनि राम्रो नलागेको बताए । राष्ट्रपतिको सन्देशमा उल्लेख हरेक बुँदाबुँदामा प्रतिनिधिसभाको विचार के हो भनेर छलफल गर्नुपर्नेमा त्यसो नभएको भन्दै उनले बौद्धिकतामाथि हमला भएको बताए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको