चार महिनापछि बालेनको कामले पायो पूर्णता, नगरबासी खुसी

काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो।

उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ। फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन्।” भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका बासिन्दाबीच भएको चारबुँदे सहमतिपछि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहका सचिवालय सदस्य सुनिल लम्सालले थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएसँगै समयमा फोहोर व्यवस्थापन नगर्ने कम्पनी र सडक, चोक र गल्लीमा फोहोर फ्याँक्ने घरधनीलाई कारबाही गरिने बताउनुभयो।

उहाँले फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई २५ हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गरिने बताउनुभयो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

टेकुको फोहोर व्यवस्थापन
विगत चार महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोरको अन्तिम व्यवस्थापन अबको दुई दिनभित्र सकिने भएको छ। सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका प्रमुख सरकारदीप श्रेष्ठले विगत चार महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोरको व्यवस्थापन अन्तिम चरणमा पुगेको र अबको दुई दिनभित्र सबै फोहोरको व्यवस्थापन कार्य सम्पन्न गरिने बताउनुभयो।

उहाँका अनुसार अहिले दैनिक दुई सय टिप्पर फोहोर बन्चरेडाँडामा बिनाअवरोध व्यवस्थापन हुँदै आएको छ। महानगरका विभिन्न क्षेत्रमा जम्मा भएको फोहोर टेकु ट्रान्सफर स्टेसनमा जम्मा गरिन्छ र त्यहाँबाट सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटमा लगेर विसर्जन गर्ने गरिन्छ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेकोमा सबभन्दा बढी काठमाडौँ महानगरपालिकाबाट मात्र पाँच सय मेट्रिक टन उत्पादन हुने गर्छ।

ठाउँ सुनिश्चित हुन सकेन
नकुहिने फोहोरको व्यवस्थापनका लागि महानगरले अझै ठाउँ सुनिश्चित गर्न सकेको छैन। महानगरपालिका प्रमुख साहका सचिवालय सदस्य लम्सालका अनुसार उपत्यकाका विभिन्न पाँच स्थानमा ५० देखि १५० रोपनी जग्गा पहिचान गरिएको छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको