आरजुको नाम तीन ठाउँबाट सिफारिस, कुन ठाउँ रोज्लिन् ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम अहिलेसम्म तीन क्षेत्रबाट सिफारिस भएको छ। राणालाई कैलाली-५ र बाँके-३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस गरिएको छ।

कैलाली-५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

यस्तै कांग्रेस डडेल्धुराको शुक्रबार बसेको बैठकले राणालाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र समानुपातिकमा उनकी पत्नी राणाको नाम सिफारिस गरेको हो।

राणा २०७० सालको चुनावमा डडेल्धुराबाट समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी थिइन्। त्यसपछि २०७४ सालको निर्वाचनमा कैलाली-५ बाट प्रत्यक्षमा लडेकी राणा एमाले उम्मेदवार नारदमुनि रानासँग हारेकी थिइन्। रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत ल्याएकी थिइन्।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको