विभानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त होटेलबाट समातिए

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको भीआईपी कक्षबाट फरार भएका अभियुक्त पक्राउ परेका छन्।

ठगी आरोपमा प्रहरीको फरार सूचीमा रहेका सुनसरीका रिजवान आलम शुक्रबार बिहान नेपाल आएका थिए।

तर उनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विमानस्थल भीआईपी कक्षको प्रयोग र आफ्नै गाडी दिएर भगाएका थिए। होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

बिहान बिमानस्थलबाट प्रहरीले पक्राउ गर्ने तयारी गर्दा गर्दै भागेका आलमलाई शुक्रबार राति नै मेरियट होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। दुबईबाट आएका आलम पासपोर्ट समेत विमानस्थलमै छाडेर फरार भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७८ फागुन २७ मा आलमसहित ११ जनाको नाममा पक्राउ अनुमति लिएको भेटिएको छ । आलम पनि ५ जना दुबईका डेलिगेट्ससँगै दुबइबाट काठमाडौं आएका हुन् । फरार आरोपी सहितका पाहुना शुक्रबार बिहान दुईबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

उनीविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सोही कसुरमा पक्राउ पुर्जी पनि जारी गरेको थियो।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको