सर्पजस्तो डस्‍न तयार हुनुस् भन्दै कार्यकर्तालाई ओलीको कडा निर्देशन

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ताहरूलाई गँड्यौलाजस्तो नबन्न निर्देशन दिएका छन् । शनिबार बिहान सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई गँड्यौलाजस्तो नभई सर्पले जस्तो डस्न तयार हुनुपर्ने बताए ।

ओलीले यो सन्दर्भ सुनसरीको क्षेत्र नम्बर ३ मा चुनाव लड्दै आएकी भगवति चौधरीको पराजयसँग जोडेरसमेत व्याख्या गरे । विजय कुमार गच्छदारसँग चुनाव लड्दै आएकी एमाले नेतृ चौधरी सत्ता र शक्तिको आडमा बाकस साटिने गरेका कारण पराजित हुने गरेको ओलीले बताए ।

आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि बाकस साट्ने र बुथ कब्जा गर्ने खालको गतिविधि हुनसक्ने भन्दै कार्यकर्ताहरू नै दुईटा दाँत भएको सर्पले जस्तो डस्न जाइलाग्नुपर्ने ओलीले बताए ।

‘नेता कार्यकर्ताहरूलाई भन्न चाहन्छु, नेकपा एमाले गँड्यौलो जस्तो हुने होइन, मुखमा छोयो भने खुसुक्क पछाडि सर्ने होइन’ उनले भने, ‘दुईवटा दाँत भएको कहिले-कहिले डस्ने खालको हुनुपर्‍यो ।’

उनले आफ्नो मतको रक्षा गरी जनताको सार्वभौम अधिकारको सुनिश्चित गर्न कार्यकर्ताहरूलाई आग्रह गरे । निर्वाचनमा पैसाको खेलोमेलो र पदको प्रलोभनमा नपर्न समेत आग्रह गरे ।

ओलीले मंसिरको निर्वाचनमा देश, जनता, लोकतन्त्र र राष्ट्रियताले हार्न नहुने भन्दै त्यसका लागि बहुमत प्राप्त हुने गरी कार्यकर्ताहरू परिचालित हुनुपर्ने बताए ।

गठबन्धन सरकारले एक बर्षमै देशलाई कंगाल बनाउन लागिसकेको ओलीले आरोप लगाए । वर्तमान सरकारले आफ्नो पालामा सुरु भएका विकास निर्माणका आयोजनाहरु कटौति गरेर जनतालाई बेहाल बनाएको दाबी गरे ।

एमालेले नेपालको नक्सामा उल्लेखित भु–भागहरू लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गराउन प्रक्रिया अघि बढाउन भारतसँग कुराकानी र पत्राचार गर्ने प्रतिवद्धता जनाए । उनले एमालेको बहुमतको सरकार बनेमा त्यसका लागि सार्थक प्रयास गर्ने उनले बताए ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको