टिकटक बनाउने क्रममा यी युवक भीरबाट ८० मिटर तल खसे

दाङको तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृ’त्यु भएको छ। शनिबार राति साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडक छेउको भीरबाट खसेर एक युवकको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्पराज मल्लले जानकारी दिए।

उनी तुलसीपुर-७ भुँयारथान बस्ने ३४ वर्षीय नवीन केसी हुन्।शनिबार उनी एक जना साथीसँग वडा नम्बर ३मा पर्ने हरनेतीमा घुम्न गएका थिए। रा ५ प ७२६८ नम्बरको बुलेट बाइकमा नवीन र उनका ३० वर्षीय साथी भीम विक घुम्न हिँडेका थिए।

उनीहरू घुमेर राति फर्किँदै गर्दा साततलेस्थित बाटोमा जाम भएको थियो।जाम भएपछि उनीहरू बाइक रोकेर बसेका थिए। प्रहरीका अनुसार भीम विक मोटरसाइकलमै बसेका थिए।

नवीन केसी मोटरसाइकलबाट ओर्लिएर सडकछेउको डिलमा उभिएर टिकटक बनाउन लागेका थिए। घुम्न गएका केसीले मापसे पनि गरेको प्रहरीले जनाएको छ।

त्यसैबेला भीरबाट खसेर घटनास्थलमै मृ’त्यु भएको डिएसपी मल्लले बताए। मल्लका अनुसार उनी ८० मिटर तल खसेका थिए।

राति नै उनको शव पोष्टमर्टमको लागि अस्पताल लगिएको थियो। अहिले शव परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको