चुनावपछि किन सडकमा जाँदैछन् प्रचण्ड ? गरे यस्तो घोषणा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।

समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु ।’

प्रचण्डले भने, ‘हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ । शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ । हेर्नुहोला त्यो कसरी हुन्छ । हामीबाहेक अरुले सक्दैनन्, अरुले गर्ने आन्दोलन त प्रतिगमन हो ।’

अध्यक्ष प्रचण्डले हालै संसदीय समितिमा चोलेन्दशमसेर जबराले आफू सडकबाट पनि घेराबन्दीमा परेको प्रसंग निकाल्दै त्यो घेराबन्दी आफूले नै गरेको दाबी गरे ।

उनले घनश्याम भुसालले तीन-चार वर्षभित्र उथलपुथल हुन्छ भनेपनि त्यो उथलपुथल १ वर्षभित्रै हुने र त्यसको नेतृत्व आफैंले गर्ने बताए ।

 कार्यक्रममा बोल्दै नेता भुसालले एकपटक फेरि क्रमभंग गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।भुसालले अहिलेको संविधान कम्युनिस्टहरुको भन्दै पार्टी एकता नभत्काएको र संसद विघटन नगरेको भए मुलुकका जस्तासुकै संकट सामना गर्न पार्टी सक्षम रहेको बताए ।

भुसालले भने– त्यो एकता नभत्काएका भए, संसद विघटन नभएको भए हामीसँग त्यो ताकत थियो । संसद विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जत नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो । यो चुनाव भन्दा अगाडि वाममोर्चा बनाउन सक्नुपर्थ्याे, यो ठूलो दुर्भाग्य हो । अहिले त समाजवाद ल्याउन संसद भंग गर्नुपर्छ, पार्टी भत्काउनुपर्छ भन्ने परेको छ।

भुसालले अहिले स्वतन्त्रहरुको लहरलाई नजरअन्दाज नगर्न भन्दै आफूले तीन चार वर्षभित्र ठूलो उथलपुथल ल्याउने देखिरहेको दाबी समेत गरे । त्यो उथलपुथलले अहिलेको गतिहीनता र नीतिहीनता तथा मनपरीतन्त्रलाई फाल्दा राम्रै हुने भुसालको तर्क छ ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको