चिनियाँ सभामुख किन आउँदै छन् नेपाल ? यस्तो छ भ्रमण तालिका

उत्तरी छिमेकी चीनका सभामुख ली झान्सु नेपाल भ्रमणमा आउने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका झान्सु सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्।

उनी भदौ २७ गते काठमाडौं आइपुग्ने छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन उनले सापकोटासँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नेछन्। सभामुख सापकोटाले लीको सम्मानमा भदौ २७ मै रात्री भोज दिनेछन्।

भदौ २८ मा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। त्यही दिन उनले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई पनि भेट्ने कार्यक्रम छ।

भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। लीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ।

गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यसपछि चिनियाँ उच्च अधिकारीहरूले नेपाल भ्रमण गरेका थिएनन्।

चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिष्ट पार्टीका तेस्रो वरीयता नेपाल आउन लागेका हुन्।नेपाल आउनुअघि उनी रूस भ्रमणमा जाँदैछन्।

कोरोनाभाइरसको महामारी सुरू भएपछि चीनका राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूले विदेश भ्रमण गरेका छैनन्।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको