पन्ध्र करोडको पानीजहाज नदी किनारमै थन्कियो

नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन।

सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको एकान्तकुनामा कार्यालय स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन भाषणमा उनले कार्यालय स्थापना भएपछि ‘केही महिनामै पानीजहाज चढ्ने टिकट काटिने’ दाबी गरेका थिए । पानीजहाज कार्यालयका चार वर्ष त्यसै बिते।

कार्यालय उद्घाटनसँगै आशावादी भएर केही लगानीकर्ताले पानीजहाजमा लगानी पनि गरे। पन्ध्र करोड रुपियाँभन्दा बढीको लगानीमा नारायणी नदीमा सञ्चालन गर्ने गरी बनाइएको ‘क्रुज’ (एक किसिमको पानीजहाज) लामो समयदेखि नदी किनारमै ‘ग्राउन्डेड’ छ।

दुई वर्षअघि नै राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले निर्माण सम्पन्न गरेको सो ‘क्रुज’को नारायणीमा परीक्षण गरिए पनि नियमित सञ्चालनमा ल्याउन नसकिएको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको