सुरक्षाकर्मीलाई ‘झुठो मुद्दा’ लगाएर थुनाउने मन्त्रीको राजीनामा माग्ने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग्ने तयारी गरेको छ ।

ठमेलको छाँया सेन्टरमा रहेको ‘भिएफएस ग्लोबल’ मा भिसा आवेदनको लागि बायोमेट्रिक्स दिन जाने क्रममा मन्त्री श्रेष्ठले ‘लाईनमा बस्नुहोस भन्ने’ सुरक्षाकर्मी शेरजंग गुरुङलाई अभद्र व्यवहारको नाममा पक्राउ गर्न लगाएको भन्दै उनको आलोचना भएको छ ।

सामाजिक सञ्जालदेखि मूलधारका मिडियामासम्म उनको कार्यशैलीको आलोचना भैरहेको छ । चुनावको मुखमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका जिम्मेवार नेताले यस्तो हर्कत देखाउँदा पार्टीलाई क्षति हुने भन्दै पार्टीका शीर्ष नेताहरुले उनको राजीनामा माग्नुपर्ने सुझाव दिएका छन् ।

अध्यक्ष माधवकुमार नेपालमाथि अहिले मन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्ने दबाब छ । सुरक्षा गार्डले आफ्नो ड्युटी निभाएकोमा मन्त्रीले आफ्नो पावरको दुरुपयोग गरेको भन्दै आलोचना भैरहेको छ ।

गुरुङलाई मन्त्री श्रेष्ठकै ठाडो निर्देशनमा थुनामा राखिएको चर्चा पनि छ । यद्धपी उनले आफूले भन्दापनि आफ्नो सुरक्षामा खटिएका अधिकारीले नै उजुरी गरेर गुरुङलाई पक्राउ गराएको दाबी गरेका छन् । लोकतान्त्रिक गणतन्त्रमा मन्त्रीले यस्तो हर्कत देखाउनु लोकतन्त्रकै उपहास भएको कतिपयको टिप्पणी छ ।

कतिपय संघ तथा संस्थाहरुले पनि मन्त्री श्रेष्ठको राजीनामा माग्ने घोषणा गरेका छन् । नेपालका चार वटै पुर्व सुरक्षा संगठनका उच्च पदस्थ व्यक्तिहरुले पनि आज उनको राजीनामा माग्ने बताईएको छ ।

आफ्नो बारेमा सार्वजनिकस्थल तथा सामाजिक सञ्जालमा विरोध भइरहेको जानकारी गराउँदै श्रेष्ठले भौतिक आक्रमण समेत हुनसक्ने भन्दै केही सुरक्षाकर्मी थपिदिन मन्त्री श्रेष्ठले आग्रह गरेका गृहमन्त्रालयका एक अधिकारीले बताए। नियम पालना गराउने सुरक्षा गार्डलाई पक्राउ गरिएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको छ।

शेरजंग गुरुङविरुद्ध उजुरी दिएर पक्राउ गराएपछि आम नारिककाे आक्रोश र आलोचनाको सिकार बनेका मन्त्रीले आफूमाथि भौतिक आक्रमण समेत हुनसक्ने निष्कर्ष निकाल्दै थप सुरक्षा माग गरेको गृह स्रोतले बताएको हो।

अहिले मन्त्री श्रेष्ठसँग दुई जना सुरक्षाकर्मी छन्। उनीहरू सेना र प्रहरीबाट खटिएका अङ्गरक्षक हुन्। मन्त्री श्रेष्ठले केही समयको लागि थप दुईतीनजना सुरक्षाकर्मी मागेको गृह स्रोतले जनाएको छ।

गृहका ती अधिकारीले भने, ‘‘अहिले आफ्नाविरुद्धमा सबै जना विरोधमा उत्रिएकाले गाह्रो परेको मन्त्रीज्यूले बताउनुभयो। चुनावी माहौल तातेकाले भिडभाडमा जानुपर्ने, सभा सम्मेलनमा जानुपर्ने हुँदा असुरक्षा हुनसक्ने आकलन गर्नुभयो। तत्कालका लागि थप दुई, तीनजना सुरक्षाकर्मी माग्नुभएको छ।’’

शुक्रबार बिहान मन्त्री श्रेष्ठ श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अङ्गरक्षकसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा गएका थिए। जाहेरीमा मन्त्रीमाथि सुरक्षा गार्डले दुर्व्यवहार गरेको भनिए पनि प्रहरी र मन्त्रीका दाबी पुष्टि हुने प्रमाण देखिँदैन।

सरकारी सुरक्षाकर्मीसहितका मन्त्रीलाई एकजना सामान्य सुरक्षागार्डले कसरी दुर्व्यवहार गरे भन्दै आलोचना भइरहेको छ।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको